Kathmandu Press

पाकिस्तानमा पत्रकार पक्राउको निन्दा, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

कराँची, साउन २५ : पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन्। उनलाई आज यहाँबाट पक्राउ...
पाकिस्तानमा पत्रकार पक्राउको निन्दा, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

कराँची, साउन २५ : पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन्। उनलाई आज यहाँबाट पक्राउ गरिएको हो। सादा पोशाकमा प्रहरी अधिकारीहरू उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए। 

पत्रकार सङ्घ र प्रेस क्लबले एआरवाई न्यूजका प्रमुख युसुफको गिरफ्तारीलाई पीडकको कार्य भन्दै उनलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलन आह्वान गर्ने चेतावनी दिएका छन्। पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्टले वक्तव्य जारी गर्दै सरकारको लज्जास्पद कारबाहीको विरोध गरेको छ। 

Hardik ivf

उसले प्रधानमन्त्री शहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न आदेश दिनुपर्ने बताएको छ। (पिएफयुजे) का महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए। अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन्। 

युसुफको गिरफ्तारी देशको सबैभन्दा ठूलो निजी प्रसारक च्यानललाई पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सोमबार कारण देखाउ सूचना पठाएपछि भएको हो। 

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ।उनीहरूमापत देशद्रोह र कथित षड्यन्त्रको आरोप लगाइएको छ। 

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्