Kathmandu Press

रुसी आक्रमणमा १३ सर्वसाधारण मारिए

किभ, साउन २५ : मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताएका छन्। ‘यो भयानक रात...
रुसी आक्रमणमा १३ सर्वसाधारण मारिए

किभ, साउन २५ : मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताएका छन्। 

‘यो भयानक रात थियो । ११ जना मारिए’ भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेखेका छन्। घाइतेमध्ये दुईजनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नर थप जानकारी दिएका छ। 

जापोरिझ्झिया आणविक  ऊर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताउनु भएको छ। 

प्रशासनिक भवनहरु, अग्ला भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन  क्षतिग्रस्त भएको उनले बताएका छन्। रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्