Kathmandu Press

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

रोल्पा, साउन २५ : बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन्। हराउनेमा १८ बालबालिका र ६०  महिला छन्...
रोल्पाबाट ७८ महिला र बालबालिका हराए

रोल्पा, साउन २५ : बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन्। हराउनेमा १८ बालबालिका र ६०  महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन।

 जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा २६ महिला, चार बालबालिका हराएका थिए  । यसरी हराएका महिला बालबालिकामध्ये २६ जना मात्रै फेला परे।

सो वर्ष हराएका चारजना भेटिएनन् ।  आर्थिक वर्ष २०७७÷७९ मा हराएका ४८ जनामध्ये ३४ जना फेला परे भने १४ जना फेला पर्न सकेनन् । अघिल्लो आर्थिक वर्षमा ३५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये २९ जना मात्रै फेला परे । बाँकी ६ जना अझै फेला पर्न सकेका छैनन् ।

हराएकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी कार्य गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज जितु बुढाथोकीले बताए । ‘हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ,’ बुढाथोकीले भने। 

हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटा भट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिकाका परिवारलाई जानकारी नदिइ भाग्ने गरेको पाइन्छ।

राम्रो लाउने, मीठो खाने लहडमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिइ भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । हराएको भनेर उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने आफै घर फर्किसकेका छन्। अभिभावकले दिएको हुलियाको आधारमा प्रहरीद्वारा खोजतालास गर्दा र आफै घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ।

घरका सदस्यले मादकपदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिलालाई घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तीर्था आचार्यले बताए। आफुखुसी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उनले बताए।

खोजतलासका लागि भन्दै बारम्बार जिल्ला प्रहरी कार्यालय धाउँदासमेत उनीहरुको आर्थिक व्यवस्थापन चुनौती पूर्ण बन्ने गरेको बताइन्छ। घरको आर्थिक अवस्था कमजोर हुने नै यसरी हराउने गरेका कारण खोजतलासका लागिसमेत आर्थिक व्यवस्थापन गर्नुपर्दा थप आर्थिक भार थपिने गरेको बताइन्छ।

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्