Kathmandu Press

जर्मनीमा बच्चामा पनि भेटियो मंकीपक्सको सङ्क्रमण

जर्मनीमा बच्चामा पनि भेटियो मंकीपक्सको सङ्क्रमण

बर्लिन, साउन २५ : जर्मनीमा बच्चामा पनि मंकीपक्सको सङ्क्रमण भेटिएको बताइएको छ। यहाँका  चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो। 

उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरुसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको उक्त इन्स्टिच्युटले मङ्गलबार जनाएको छ।

जर्मनीमा गएको मे महिनादेखि मंकीपक्सको सङ्क्रमण देखिएको हो। यहाँ अहिलेसम्म दुई हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ। तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ।
   
अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ।  पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ।

प्रकाशित मिति: १५:२० बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्