Kathmandu Press

सांसद बस्नेतले मागे महान्यायाधिवक्ता खातीकाे राजीनामा

काठमाडाैं, साउन २५ : नेकपा एमालेका सांसद महेश बस्नेतले ठगी तथा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउँदै महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने माग राखेका...
सांसद बस्नेतले मागे महान्यायाधिवक्ता खातीकाे राजीनामा

काठमाडाैं, साउन २५ : नेकपा एमालेका सांसद महेश बस्नेतले ठगी तथा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउँदै महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने माग राखेका छन्।

प्रतिनिधिसभाकाे आज (बुधबार) बसेको बैठकमा उनले सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा विभिन्न विवादित काम खातीले गरेको आरोप लगाएका हुन्।

उनले बालुवाटार प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पेस गरेको फाइल फिर्ता पठाएको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ताको मुद्दा फिर्ता लिनेलगायत काम खातीले गरेको बताए। 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्