Kathmandu Press

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

धनुषा, साउन २५ : जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ।महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय...
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

धनुषा, साउन २५ : जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ।

महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 

मंगलबार राति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रजिअ पौडेलले बताए।

गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्