Kathmandu Press

‘संघीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ’

‘संघीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ’

मोरङ, साउन २५ : जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आज (मंगलबार) देखि सुरु भयो।

सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरे।

प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिए।

समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित भए काम गर्न सहज हुने धारणा राखे।

सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ। 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्