Kathmandu Press

दसधाम बनाउन रकम संकलन

पाल्पा, साउन २५ : पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक संकलन गरिएको छ। त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम...
दसधाम बनाउन रकम संकलन

पाल्पा, साउन २५ : पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक संकलन गरिएको छ। त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम संकलन गरिएको हो।

धर्मोदय दशावतार बालन सांस्कृतिक समूह रामपुर पाल्पाले गरेको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट करिब रु १४ लाख संकलन भएको समूहका सचिव दुर्गाप्रसाद भट्टराईले बताए। 

रामपुरलाई धार्मिक नगरीका रुपमा विकास गर्न दशधाम निर्माण गर्न लागिएको हो। कालीगण्डकी नदीसँग जोडिएको यस क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन दसधाम निर्माण गर्न लागेको समूहका सल्लाहकार गीता पौडेल बताउँछिन्।

दशावतार समेटिएको बालन लोकनाटक पाल्पा रामपुरमा मात्रै रहेको जनाइएको छ। लोपोन्मुख अवस्थामा रहेको दशावतार बालनलाई संरक्षण गर्दै यसलाई देश तथा विदेशमा प्रचार गर्न समूहले सो दशधाम निर्माण गर्ने भएको हो।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्