Kathmandu Press

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

रमल्लाह, साउन २५ : इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन्। वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले...
इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

रमल्लाह, साउन २५ : इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन्। वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए। नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो। सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ।

इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजीका लागि आक्रमण गरेको जनाएको छ। 

उनको खोजीको लागि इजरायली सेनाले आक्रमण गरेको इजरायली सेनाको विज्ञप्तिमा जनाइएको छ। त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान नै सञ्चालन गरेको जनाएको छ।

पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन्। यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ। यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि आपसमा आक्रमण भने रोकिएको छैन।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्