Kathmandu Press

एकै दिन डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना सङ्क्रमण

साेल, साउन २५ : दक्षिण कोरियामा एकै दिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। सोमबारको तुलनामा मङ्गलबार एक...
एकै दिन डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना सङ्क्रमण

साेल, साउन २५ : दक्षिण कोरियामा एकै दिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो। ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको सङ्ख्या बढेको हो।  मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ। 

त्यसैगरी गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई  पुगेको छ। सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार तीन सय ८२ पुगेको छ।

यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ। मङ्गलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार  सय ९८ जना बिरामीको  अभिलेखीकरण गरिएकोे मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन्। 

मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना सङ्क्रमणमुक्त भएका छन्। यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको सङ्ख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ। हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन्। 

न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोभिड–१९ को महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ।

सन् २०२० को शुरुमा  न्युजिल्याण्डमा  महामारी फैलिएपछि१६ लाख ५७ हजार सात सय ४३ जना कोरोनाबाट पीडित भएका छन्। 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्