Kathmandu Press

वीरगञ्जका तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

वीरगंज, साउन २५ : पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक...
वीरगञ्जका तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

वीरगंज, साउन २५ : पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै विद्यालयलाई कालोसूचीमा राखिएको हो।

यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन्।

यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतिपुर, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर वेल्वा र आदर्श बालविकास आधारभूत विद्यालय बेल्वा रहेका छन्।

कालोसूचीमा परेका विद्यालय अहिले प्राप्त कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत जानकारी दिइएको हो । प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं विद्यालय नै जिम्मेवार हुने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्