घास काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु
हुम्ला, साउन २५ : हुम्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर...
हुम्ला, साउन २५ : हुम्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गोठालोले उनको शव भेटाएका थिए।
प्रकाशित मिति: ०७:२६ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)