Kathmandu Press

कोरोना संक्रमण बढेपछि भोजपुरमा विद्यालय बन्द

भोजपुर, साउन २५: कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी...
कोरोना संक्रमण बढेपछि भोजपुरमा विद्यालय बन्द

भोजपुर, साउन २५: कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।

गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्