Kathmandu Press

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : अध्यक्ष ओली

काठमाडाैं, साउन २४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका...
वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : अध्यक्ष ओली

काठमाडाैं, साउन २४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन।

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे। नेपालमा हिमक्षेत्र भनेर चिनिने १७ प्रतिशत भूमि रहेकाले सोको पनि संरक्षण गरी अर्थतन्त्रलाई माथि उठाउन सामुदायिक वनको योगदान हुने उनको भनाइ थियो।

प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्