Kathmandu Press

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

काठमाडाैं, साउन २४ : परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको...
परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

काठमाडाैं, साउन २४ : परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नेछन। मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्