Kathmandu Press

नेपालगञ्जमा बाइक दुर्घटना हुँदा जुम्लाका युवकको मृत्यु

नेपालगञ्ज, मंसिर १० : मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु भएको छ।

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नम्बरको मोटरसाइकल गएराति बा....

नेपालगञ्जमा बाइक दुर्घटना हुँदा जुम्लाका युवकको मृत्यु

नेपालगञ्ज, मंसिर १० : मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु भएको छ।

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नम्बरको मोटरसाइकल गएराति बाँकेको चिसापानीमा दुर्घटना भएको हो। दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पविन्द्र बमले बताए।

उनका अनुसार गएराति ८ बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो। उनी नेकपा जुम्लाका स्थानीय नेता हुन्।

प्रकाशित मिति: ११:४६ बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्