Kathmandu Press

जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा

बनेपा, साउन २४ : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ। यही साउन २६ र २७ गते पालिका...
जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा

बनेपा, साउन २४ : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ। यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ/संस्था र स्वास्थ्य संस्था बन्द हुने छन्।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए। 'जनैपूर्णिमाको अवसरमा नारायणस्थान मन्दिरमा धार्मिक अनुष्ठानसमेत हुने भएकाले बिदा दिने निर्णय गरेका हौँ,' उनले भने।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्