Kathmandu Press

जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडाैं, साउन २४ : प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा...
जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडाैं, साउन २४ : प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कुलेश्वरबाट पक्राउ गरेको हो।

Hardik ivf

खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको जनाइएको छ।

अवैध लागुऔषध गाँजासहित पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १० किलो अवैध लागुऔषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ।

धादिङबाट काठमाडौँ आउँदै गरेको बा८०प १०३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तामाङले झोलामा लुकाई ल्याएको अबस्थामा उक्त गाँजा बरामद गरिएको जनाइएको छ। उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्