Kathmandu Press

इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्याे

जेरुसेलम, साउन २४ : जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ। नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली...
इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्याे

जेरुसेलम, साउन २४ : जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ। नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली सेनाले बताएको हो।
 
आठवटा बन्दुकसहित पाँचजनालाई पक्राउ गरिएको जनाउँदै सेनाले जारी गरेको विज्ञप्तिमा आतङ्ककारीहरूले नागरिक मार्ने प्रयोजनका निम्ति तस्करी गरेको ठानिएका ती हतियारसहित अभियुक्तहरूलाई प्रहरीको जिम्मा लगाइएका उल्लेख छ।

बितेका छ महिनामा नेगेभबाट भएका हतियार तस्करीका १० वटा घटनामा एकसय ७० भन्दा बढी हतियार इजरायलले कब्जामा लिएको  नेगेभ सीमा प्रहरीले जनाएको छ। गाजा क्षेत्रमा गत शनिबार र आइतबार प्यालेस्टिनी अतिवादीहरूले घातक आक्रमण गरेपछि इजरायलले सीमापार हतियार तस्करी रोक्न गुप्तरूपमा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्