शुल्क फिर्ता नगरे मेडिकल सञ्चालकलाई पक्राउ गरिने
काठमाडौं, मंसिर १० : सरकारले मेडिकल कलेज संचालकलाई बढी लिएको शुल्क फिर्ता गर्न आज अन्तिम मौका दिएको छ। आज शुल्क फिर्ता नगरे पक्राउ गरिने भएको छ।
....
काठमाडौं, मंसिर १० : सरकारले मेडिकल कलेज संचालकलाई बढी लिएको शुल्क फिर्ता गर्न आज अन्तिम मौका दिएको छ। आज शुल्क फिर्ता नगरे पक्राउ गरिने भएको छ।
गृह मन्त्रालयमा सोमबार बसेको बैठकले सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर्न आजसम्मको म्याद दिएको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, गृहसचिव गृहसचिव प्रेमकुमार राई, महान्यायाधीवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहभागी थिए।
मेडिकल कलेज संचालकलाई अन्तिम मौका दिने र आज शुल्क फिर्ता नगरेर ठगी मुद्दा लगाउने तय भएको छ। आज शुल्क फिर्ता नगरेर उनीहरुलाई पक्राउ गरिने भएको छ। यसका लागि प्रहरी महानिरीक्षक खनालले मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर पठाइसकेको जनाएको छ।
मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएका छन्। शुल्क फिर्ताको माग गरेर तीन महिनादेखि विद्यार्थी आन्दोलनमा छन्। केही कजेलमा धर्नामा समेत बसेका छन्।
यससँगै गृहमन्त्रालयले पनि देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। आज मेडिकल कलेजले शुल्क फिर्ता नगरेर पक्राउ गरेर ठगी मुद्दा लगाउन निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।











