प्रधानमन्त्री ओली बिरामी, मनमोहन कार्डियो सेन्टरमा भर्ना
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। उनलाई केहीवेर अघि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट....
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। उनलाई केहीवेर अघि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
प्रधानमन्त्री ओलीको आज बिहानैदेखि पेट दुखेको थियो। उनको बेस्सरी पेट दुखेपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो।
उनको सेन्टरमै उपचार भइरहेको छ। चिकित्सकहरुले जाँच गरिरहेको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जनाएको छ।
प्रधामन्त्री ओलीलाई के भएको भन्ने यकिन भएको छैन। प्रधानमन्त्रीको सचिवालयले पनि यससम्बन्धी जानकारी दिएको छैन।
उनको दुई दिन अघि ग्रान्डी अस्पतालमा चौथो पटक मिर्गौलाको डायलासिस गरिएको थियो।






