Kathmandu Press

चोरी बढेपछि उद्योगी–व्यवसायीद्वारा सुरक्षा माग

झापा, साउन २४ : झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको...
चोरी बढेपछि उद्योगी–व्यवसायीद्वारा सुरक्षा माग

झापा, साउन २४ : झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको माग गर्दै सङ्घले आज नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो।

सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायीको टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो। भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएकाले नगरपालिकामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष धमलाले बताए।

'दिउँसै चोरीका घटना भइरहेका छन्,' उनले भने, 'स्थानीय सरकारलाई सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाएका हौँ।' नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सङ्घले आग्रह गरेको छ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकाले नयाँ रणनीति बनाएर सुरक्षा व्यवस्था कडा बनाउन पहल गर्ने बताए। नगर क्षेत्रमा पर्याप्त सीसी क्यामेरा नभएको भन्दै नगरप्रमुख पोखरेलले भने, 'सीसी क्यामेरा जडानका लागि हामी काम थाल्छौँ, त्यसमा सङ्घलाई पनि सहयोग गर्न आग्रह गर्छु।'
नगरमा बुझाइएको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा भोलि बुझाइने सङ्घले जनाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्