Kathmandu Press

मतदाता शिक्षालाई कार्यक्रमलाई प्रभावकारी बनाउँदै आयोग 

काठमार्डौं, साउन २४ : निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ।मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार...
मतदाता शिक्षालाई कार्यक्रमलाई प्रभावकारी बनाउँदै आयोग 

काठमार्डौं, साउन २४ : निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ।

मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका हुन्। 

सरकारी सञ्चार माध्यमसंगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी  दिए।  त्यस्तै उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुन दर्ता गर्न आह्वान गरेको जानकारी दिए। प्रवक्ता पौडेलले दुई वा दुई वटा भन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितीको निर्णयका साथ निवदेन दिनुपर्ने बताए ।

उनले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको धारणा राखे। आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्