Kathmandu Press

जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा

जनकपुर, साउन २४ : जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ ।     नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप...
जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा

जनकपुर, साउन २४ : जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ ।     

नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले यस नगरलाई पूर्ण खोपको सुनिशिचतता र दिगोपना घोषणा गरेका हुन् । 

उनले नगर क्षेत्रभित्र जन्मेका र जन्मने प्रत्येक बालबालिकाले आवश्यक सम्पूर्ण खोपहरु पाउने र पाइरहेको पनि बताए ।     त्यस्तै महिलाहरुका लागि पनि आवश्यक सबै खोप उपलब्ध रहेको र सबैले सबै खोप पाइरहेकाले जलेश्वरलाई पूर्ण खोप घोषणा गरिएको जानकारी दिँदै नगरप्रमुख सोनारले नगरभित्रका स्वास्थ्य संस्थाहरुमा चौबिसै घण्टा प्रत्येक खोपको व्यवास्था रहेको तथा अब खोपकै अभावमा यहाँका कुनै पनि बालबालिका तथा महिलाहरु कुनै पनि रोगको सिकार भएर मृत्युवरण गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता पनि प्रकट  गरे ।

जलेश्वरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गराउनमा यस नगरभित्रका स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकासहित स्वास्थ्य समूहलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्