म प्रथम अध्यक्ष हुँ, प्रचण्ड द्वितीय : प्रधानमन्त्री ओली
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी ....
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी गरेका छन् । सोमबार साँझ कान्तिपुर टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने फाइरसाइड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ओलीले आफू र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ हामी दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय प्रचण्ड हुनुहुन्छ । पहिला पनि अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ दुई अध्यक्ष भएपनि । म बढी सरकारको काममा लाग्नुपरेको छ । पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा जुन स्थायित्व ल्यायौँ त्यसमा फेरि अस्थिरता हुने भयो । हामी आधाआधा गर्न तयार थियौँ ।
अहिलेको सन्दर्भमा स्थायित्व आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले पाँच वर्षमा प्रधानमन्त्री नफेर्ने निश्कर्षमा पुगिएको बताउँदै आफू भने प्रधानमन्त्रीको काममा केन्द्रित भएको खुलाए । ओलीले भने, ‘सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’
कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि कहिलेका बैठक उहाँले र कहिलेकाहीका बैठक आफूले सञ्चालन गर्ने समेत ओलीले स्पष्ट पारे । उनले प्रचण्ड निकै सजिलो मान्छे भएको भन्दै प्रशंसा गर्न समेत भ्याए ।






