Kathmandu Press

संसदीय समितिमा हेरफेर

काठमाडौं, साउन २४ : प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम...
संसदीय समितिमा हेरफेर

काठमाडौं, साउन २४ : प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेका हुन्। उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो।

हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् । 

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्