Kathmandu Press

बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौं, साउन २४ : प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ ।बैठकमा...
बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौं, साउन २४ : प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गाविन्द शर्मा (कोइराला) ले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गरे। 

दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप बाधाअड्काउ फुकाउ आदेश पेस गरिएको हो।

त्यसैगरी बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । उक्त पत्रमा अर्थमन्त्री जनार्दन शर्मालाई नियुक्त गरिएको ब्यहोरा उल्लेख छ।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्