धौलागिरी लघुवित्तको आइपिओ खुल्यो
काठमाडौं, साउन २४ : धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले कम्पनीले जारी पूँजी १० करोड ३१ लाखको ३२ दशमलव...
काठमाडौं, साउन २४ : धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशत आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो।
जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँको अंकित मूल्यको ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ वितरण गर्नेछ। सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
यी बाहेक बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो।
यो आइपीओ छिटोमा साउन २९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ७ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
-1786430634.png)










