Kathmandu Press

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन ६ जनाको मृत्यु

क्वालालम्पुर, साउन २४ : मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको...
मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन ६ जनाको मृत्यु

क्वालालम्पुर, साउन २४ : मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ।

मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ।

यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ।

यहाँ अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै केही निकै गम्भीर अवस्थमा सघन उपचारमा पनि रहेका बताइएको छ।   

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्