Kathmandu Press

विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

काठमाडौं, साउन २४ : धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ। प्रत्येक वर्ष...
विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

काठमाडौं, साउन २४ : धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ। प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई निरन्तरता दिँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले यस वर्ष वाग्मती किनारस्थित संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क)मा दुई सय गुर्जोको बिरुवा रोपिएको जानकारी दिए। 

उद्यानसँगै मैतीदेवी मन्दिर क्षेत्रमा पनि करिब ५० वटा गुर्जो रोपिएको छ । ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा पनि गुर्जोको बिरुवा रोपिएको उनले सुनाए। ललितपुरको कोञ्ज्योस्योम गाउँपालिकाको खामभञ्ज्याङस्थित तीनपाने सामुदायिक वन क्षेत्रमा गुर्जोका सात सय बिरुवा रोपिएको छ । यसैगरी काठमाडौँको मण्डिखाटार क्षेत्रमा पनि करिब ५० वटा गुर्जोका बिरुवा रोपिएको छ।

क्षमता वृद्धि गर्न महत्वपूर्ण जडीबुटी मानिन्छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखका रूपमा काम गरिरहनुभएका राजलवटले बिहान, बेलुका र बिदाको दिनको समयलाई भने गुर्जो रोपण अभियानमा उपयोग गर्दै आएका छन्। नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि राजलवटले निःशुल्करूपमा गुर्जोका बिरुवाका साथै यसबाट बनेका धुलो र चिया वितरण गर्दै आएका छन्। कोरोना महामारी बढेसँगै गुर्जोबाट बनेका धुलो र चियाको माग पनि बढ्ने गरेको जनाइएको छ। 

प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, साउन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्