पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक, साउन २४ : लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर...
सिन्धुपाल्चोक, साउन २४ : लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।
जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो क्षेत्रमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
पहिरो पन्छाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए।
वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।
प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












