Kathmandu Press

रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, मंसिर १०ः रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

....
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, मंसिर १०ः रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणा पत्र सोमबार समकक्षी रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभालाई ज्ञवालीले हस्तान्तरण गरेका हुन् । भेटपछि मस्कोस्थित राजदुताबास र परराष्ट्र मन्त्रालयले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणपत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन । 

प्रकाशित मिति: ०७:२६ बजे, मंगलबार, मंसिर १०, २०७६