कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा शपथग्रहण
बोगोटा, साउन २३ : गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन्। उनी वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका छन्। उनको...
बोगोटा, साउन २३ : गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन्। उनी वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका छन्। उनको शपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए।
'कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु,' ६२ वर्षीय पेट्रोले शपथग्रहणका क्रममा भनेका छन्।
उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नुपर्ने बताएका छन्।
वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उहाँले आह्वान गर्नु भएको छ।
पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको असमानता विरोधी 'क्रयाक'मा सुधार गर्ने वाचा गरेका छन्।
भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत बधाई दिँदै भनेका छन्, 'म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउनेछु।'












