Kathmandu Press

भिडन्तका क्रममा इजरायलमा ५१ जनाको मृत्यु भएको दाबी

टेल अभिभ, साउन २३ : इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ।...
भिडन्तका क्रममा इजरायलमा ५१ जनाको मृत्यु भएको दाबी

टेल अभिभ, साउन २३ : इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ जना मृत्यु भएको दाबी गरिएको छ। पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले नै ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो। 

कुल मृतकमध्ये २४ जना विद्रोही पक्षका लडाकू रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन्। सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ। घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ।

Hardik ivf

'धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,' एक सुरक्षा अधिकारीले भने।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ। उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ। 

पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ। दुवै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले दुवै पक्षले युद्ध विराम घोषणा गरेका छन्।    

सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ। इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन्।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्