Kathmandu Press

एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन 

काठमाडौं, साउन २२ : एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ...
एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन 

काठमाडौं, साउन २२ : एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ ।  इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो। 

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्नेछन् । । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने कम्पनीले जनाएको छ। 

यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् ।  यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्ने एनसृ

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र रु ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन्  र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् । 

एनसेलका अनुसार उक्त प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् । यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ । 

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनीले  खुसी व्यक्त गरेको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ ।
 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्