लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकीकरण
काठमाडाैं, साउन २३ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ।आज (सोमबार)...
काठमाडाैं, साउन २३ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ।
आज (सोमबार) आयोजित एक कार्यक्रमका बीच एकता घोषणा गरिएको हो। राष्ट्रिय एकता पार्टीले लोसपाको नाम, झन्डा र छाप स्वीकार गरेको र लोसपाले राष्ट्रिय एकता पार्टीले उठाउँदै आएको लिम्बुवान आन्दोलन, सरकारसँगको पाँच बुँदे सहमति, घाइते, अपांगता र लिम्बुवान सहिदबारे मुद्दाको स्वामित्व ग्रहण गर्ने सहमति भएपछि पार्टी एकीकरण भएको जनाइएको छ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार राष्ट्रिय एकताका सबै तहका संगठनलाई लोसपामा समायोजन गरिनेछ। संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टीलाई समुचित स्थान दिइनुको साथै अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ इन्चार्जको जिम्मेवारी दिइएको सम्झौतापत्रमा उल्लेख छ।












