Kathmandu Press

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली, साउन २३ : भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन्। 

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ। 

Hardik ivf

यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भईसकेको छ। 

भारतमा हिजो एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् ।  यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन्। 
  
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्।  
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५६ लाख ५४ हजार ७४१  मात्रा खोप लगाइएको छ। 

भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख  भन्दा बढी व्यक्तिको कारोना भाइरस परिक्षण भएको जनाइएको छ।   

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्