Kathmandu Press

व्यासको १४ वटै वडामा सेवाग्राहीलाई निःशुल्क फोटोकपीको सुविधा 

व्यासको १४ वटै वडामा सेवाग्राहीलाई निःशुल्क फोटोकपीको सुविधा 

तनहुँ, साउन २३ : व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ। 

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।व्यास नगरपालिका मातहतका चौध वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए। नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको उनले बताए।

Hardik ivf

आव २०७९÷८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरिएकोे छ । नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको सयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय पनि गरिएको  छ । 

साउन २४ गते मङ्गलबारका दिन विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। विश्व आदिवासी जनजाति दिवस साउन २४ गतेका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो। सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गरिने भएको छ। 

नगरपालिकाअन्तर्गतका मादी–सेती नदीबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरिएकोे छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आव २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छर्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ।  

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्