Kathmandu Press

मालीमा भएको आतंककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

मालीमा भएको आतंककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

बामाको, साउन २३ : मालीमा आइतबार भएको एक आतंककारी हमलामा परेर चार सैनिकको ज्यान गएको छ।

यहाँका चार सैनिक मारिएका मालीको सैनिक संगठनद्वारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतंककारी समूहले बम हमला गरेको थियो।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो। उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन्।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको बताइएको छ।

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, साउन २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्