Kathmandu Press

पर्यटन प्रवर्धनका लागि मासिक पत्रिका टुरिजमपाना

काठमाडौं, साउन २३ : पर्यटनका क्षेत्रका विषयहरुबारे जानकारी दिने उद्देश्यले मासिक पत्रिका टुरिजमपाना प्रकाशनमा आएको छ। गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा (कँडेल) ले...
पर्यटन प्रवर्धनका लागि मासिक पत्रिका टुरिजमपाना

काठमाडौं, साउन २३ : पर्यटनका क्षेत्रका विषयहरुबारे जानकारी दिने उद्देश्यले मासिक पत्रिका टुरिजमपाना प्रकाशनमा आएको छ। 

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा (कँडेल) ले आज पोखरामा प्याराग्लाइडिङमा उड्दै यस मासिक पत्रिकाको विमोचन गरेका हुन्। नेपालको पहिलो महिला प्यारा पाइलट तृशा श्रेष्ठले उक्त प्याराग्लाइडिङ उडाएकी हुन्। 

पत्रिकाको विमोचन गर्दै मन्त्री कँडेलले यसरी फरक तरिकाले पत्रिका विमोचन गरेको पहिलोपटक थाहा पाएको बताए। यस पत्रिकाले आन्तरिक पर्यटनलाई वढवा दिँदै नेपालको पर्यटक प्रवर्धनमा सहयोग पुर्‍याउन सकोस् शुभकाना समेत व्यक्त गरे।

लामो समयदेखि पर्यटनका क्षेत्रमा कार्य गर्दै आएका विष्णुकान्त घिमिरेले यस पत्रिकाको प्रकाशक तथा प्रधानसम्पादक हुन् भने पत्रकार गीता चिमोरिया सम्पादक रहेकी छन्।

नेपालको आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने मुख्य उद्देश्य रहेको र केहि दिनमै यसको अनलाइन संस्करण पनि सार्वजनिक गरिने प्रकाशक घिमिरेले बताए।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्