Kathmandu Press

इजरायल र गाजामा भएकाे युद्धविरामको राष्ट्रसंघद्वारा स्वागत

काठमाडाैं, साउन २३ : संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन्।महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका...
इजरायल र गाजामा भएकाे युद्धविरामको राष्ट्रसंघद्वारा स्वागत

काठमाडाैं, साउन २३ : संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन्।

महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका छन्।

Hardik ivf

उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए।

प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो। त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएको जानकारी दिए।

उनले हिंसात्मक हमलाका घटनाहरु नहोउन भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्