Kathmandu Press

मेडिकल कलेजलाई सरकारको चेतावनी- बढी लिएको शुल्क भोलिसम्म फिर्ता नगरे कारवाही हुन्छ 

काठमाडौं, मंसिर ९ : सरकारले मेडिकल कलेजलाई विद्यार्थीबाट उठाएको बढी शुल्क भोलिसम्ममा फिर्ता नगरे कारवाही अघि बढाउने चेतावनी दिएको छ। 

....
मेडिकल कलेजलाई सरकारको चेतावनी- बढी लिएको शुल्क  भोलिसम्म फिर्ता नगरे कारवाही हुन्छ 
फाइल

काठमाडौं, मंसिर ९ : सरकारले मेडिकल कलेजलाई विद्यार्थीबाट उठाएको बढी शुल्क भोलिसम्ममा फिर्ता नगरे कारवाही अघि बढाउने चेतावनी दिएको छ। 

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म विद्यार्थीलाई रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। 

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो। सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ। 

नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन्।  सरकारले उपत्यकाबाहिरका कलेजका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेपनि मेडिकल कलेजले ५५ लाख रुपैयाँसम्म विद्यार्थीबाट असुलेका छन्। 

गत वर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, मंसिर ९, २०७६