Kathmandu Press

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति

जेरुसेलम, साउन २३ : इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्। 

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबाबपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन्। 

Hardik ivf

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन्। इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुसी व्यक्त गरेका छन्।

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो। इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्