Kathmandu Press

इजरायल र गाजामा भएको हिंसात्मक हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

काठमाडाैं, साउन २३ : अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा...
इजरायल र गाजामा भएको हिंसात्मक हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

काठमाडाैं, साउन २३ : अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गरेका छन्।

प्यालेस्टिनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो। केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए।

Hardik ivf

युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु भनेको अन्तर्राष्टिय कानुनको उल्लंघन हो भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गर्नुभएको छ।

सो विज्ञप्तिमा उनले यहाँको यो आक्रमण तत्कालै बन्द गरी अन्तर्राष्टिय समुदायको समेत सहभागितामा दिगो समाधान खोज्नुपर्ने बताएका छन्।

उता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका थिए।

महासचिव गुटर्रेस र युनियनका अध्यक्ष माहमतले हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न सबैसँग आग्रह गरेका थिए।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्