बलात्कारको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर पक्राउ
ललितपुर, मंसिर ९ : बलात्कार प्रयासको आरोपमा ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।
....
ललितपुर, मंसिर ९ : बलात्कार प्रयासको आरोपमा ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।
उपचारका लागि अस्पताल आएकी एक युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा डा. रोहित कुमार झा पक्राउ परेका हुन्।
युवतीले आफूमाथि जबरजस्ती करणी गर्न खोजेको उजुरी महानगरीय प्रहरी परिसर ललितपुरमा दिएपछि प्रहरीको टोलीले डाक्टर झालाई सोमबार पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
उनका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी ती युवतीमाथि डा. झाले बलात्कारको प्रयास गरेका थिए। इन्जिनियर पेसामा आवद्ध ३० वर्षीया युवती आइतबार नियमित स्वास्थ्य जाँचका लागि मेडिसिटी अस्पताल पुगेकी थिइन्।
डा. झामाथि जिल्ला अदालत, ललितपुरबाट जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ।






