Kathmandu Press

सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने युवक पक्राउ

काठमाडौं, साउन २३ : नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक युवकलाई पक्राउ गरेको छ।प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता...
सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने युवक पक्राउ

काठमाडौं, साउन २३ : नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा उनलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका मोहनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, साउन २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्