Kathmandu Press

अभियान लघुवित्तको आईपीओमा २४ गुणा बढी आवेदन

अभियान लघुवित्तको आईपीओमा २४ गुणा बढी आवेदन

काठमाडौं, साउन २२ : अभियान लघुवित्तको आईपीओमा करिब २४ गुणा बढी आवेदन परेको छ । 

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा २३।७१ गुणा बढी आवेदन परेको हो । आइतबार अपराह्नसम्म २० लाख ४३ हजार २० जनाले दुई अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको दुई करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन दिएका हुन् । 

कम्पनीले साउन १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्