Kathmandu Press

उदयपुरमा चट्याङ लागेर तीन गोरु र दुई गाई मरे

उदयपुर, साउन २२ : चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन्। शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका...
उदयपुरमा चट्याङ लागेर तीन गोरु र दुई गाई मरे
Hardik ivf

उदयपुर, साउन २२ : चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन्। शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेका हुन्। गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए।

चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ। मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ। घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्