Kathmandu Press

बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

नाइजेरिया, साउन २२ : मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई...
बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

नाइजेरिया, साउन २२ : मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन्।

कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन्।

आक्रमणपछि दुई भारतीय प्रवासी बेपत्ता भएको पनि बताइएको छ। अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको यस देशमा वर्षौंदेखि गोली हानाहानका घटना र आक्रमण बारम्बार जारी छ जसको परिणामस्वरूप नागरिक र सुरक्षाकर्मीको मृत्युका घटना दोहोरिरहेका छन्। शान्ति र अमनचैन स्थापित हुन सकेको छैन।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्