Kathmandu Press

बङ्गलादेशमा इन्धनको उच्च मूल्यवृद्धि, विरोधमा देशव्यापी प्रदर्शन

ढाका, साउन २२ : सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बङ्गलादेशभरि विरोध प्रदर्शन भएको छ। इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि...
बङ्गलादेशमा इन्धनको उच्च मूल्यवृद्धि, विरोधमा देशव्यापी प्रदर्शन

ढाका, साउन २२ : सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बङ्गलादेशभरि विरोध प्रदर्शन भएको छ। इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बङ्गलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ। यसैबीच प्रगतिशील विद्यार्थी गठवन्धनले पनि छुट्टै विरोध र्‍याली आयोजना गरेको छ।

'पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम मानिसहरूको दैनिकी कठिन बनेको छ। सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस सङ्कटतर्फ पुर्‍याएको छ,' प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उद्धृत गरी ढाका ट्रिब्यूनले लेखेको छ।

Hardik ivf

यसबाहेक, ढाकाका थुप्रै बसहरूले आइतबार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ।

तथापि, बङ्गलादेश जत्री कल्याण समिति (बीजेकेएस) ले इन्धनको बढ्दो मूल्यका कारण बस भाडावृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्याङ्कन' पछि नयाँ बस भाडा निर्धारण गर्नुपर्ने बताएको छ।

यसैबीच, बङ्गलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड (डेस्को) अन्तर्गतका क्षेत्रका उपभोक्ताले आज तीन घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन्। शुक्रबार रातिदेखि लागु हुनेगरी सरकारले डिजेलको मूल्य प्रति लिटर ३४ देखि ४६ टाकासम्म बढाएको हो।

शुक्रबार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव, मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनः सुरु हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको थियो।

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्